एजेन्सीः युराे कपकाे फाइनलमा इटाली प्रवेश गरेकाे छ। गएराति भएकाे खेलमा स्पेनलाई हराउँदै इटाली फाइनलमा पुगेकाे हाे।
टाइब्रेकरमा पुगेकाे खेलमा इटालीले स्पेनलाई ४-२ गाेलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेकाे हाे। उपाधिका लागि इटालीले आज राति १२ः४५ मा हुने इंग्ल्याण्ड र डेनमार्कबीचकाे विजेतासँग भिड्नेछ।
निर्धारित ९० मिनेटसम्म १-१ काे बराबरीमा टुंगिएकाे खेलमा अतिरिक्त समय थप गरिएकाे थियाे। थप गरिएकाे समयमा दुवै टाेलीले गाेलरहीत बराबरी गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेकाे थियाे।
पेनाल्टी सुटआउटमा इटालीले ४ गाेल गर्याे। इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरेका थिए। यता स्पेनका लागि मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरेका थिए। तर, डानिल ओल्मो र अल्भारो मोराटा गोल गर्न चुकेपछि स्पेन उपाधि यात्राबाट बाहिरिएकाे हाे।
यसअघि खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई खेलमा अग्रता दिलाएका थिए। पछि ८० औं मिनेटमा स्पेनका अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा पुर्याएका थिए।
प्रतिक्रिया