लेटेस्ट न्युज
advertisement1

पहिराेले ट्रक र अन्य सवारी पुरिँदा दुई जनाको निधन

Maryada News 2021-07-03 11:55:02
पहिराेले ट्रक र अन्य सवारी पुरिँदा दुई जनाको निधन

धादिङः पहिराेमा ट्रक पुरिँदा दुई जनाको निधन भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नं १० मा खसेको पहिराले चारवटा सवारी साधनमा क्षति पुगेको र दुई जनाकाे निधन भएकाे हाे।

पहिराेले क्षति पुरयाएको चारमध्ये ना ८ ख ४५४० नम्बरको ट्रक र ना ७ ख ३२० नम्बरको कण्टेनरको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। अन्य दुई वटा सवारी साधनको नम्बर खुलेको छैन। ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ।

चेपाङको शव ट्रकमा चेपिएको अवस्थामा छ भने सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।

तीन जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ। राजमार्गमा पुरिएका सवारी साधन पहिरो रोकिएपछि खोजी गर्न सकिने प्रहरीको भनाइ छ। सडक अवरुद्ध हुदाँ मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ।

त्यस्तै नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। तीमध्ये मुग्लिङबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका सहित गजुरी गाउँपालिका लगायतका सडक पहिराले अवरुद्ध भएको छ।

धादिङ सदरमुकाम जोड्ने कालुपाण्डे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिकाका परेवाटारमा पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्