लेटेस्ट न्युज
advertisement1

तिब्बतमा सुरु भयो बुलेट ट्रेन, प्रतिघण्टा १६० किलोमिटर गतिमा गुड्ने

Maryada News 2021-06-26 19:51:05
तिब्बतमा सुरु भयो बुलेट ट्रेन, प्रतिघण्टा १६० किलोमिटर गतिमा गुड्ने

काठमाडौं : चीनले तिब्बतमा बुलेट ट्रेन सञ्चालनमा ल्याएको छ। महत्त्वपूर्ण परियोजनाका रुपमा रुपमा रहेको उक्त रेल तिब्बतको राजधानी ल्हासा र निङ्ची सहरबीच चल्ने चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। ४३५.५ किलोमिटर लामो रेलमार्ग सिचुआन–तिब्बत रेल्वेमातहत शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो।

चिनियाँ कम्युनिस्ट पार्टीले जुलाई १ मा आफ्नो स्थापनाको १००औं वर्षगाँठ मनाउन लागेका बेलामा तिब्बतमा बुलेट रेल सञ्चालन गर्नुलाई महत्त्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ। उक्त विद्युतीय रेल १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने जनाइएको छ।

निङची तिब्बतको प्रमुख पर्यटकीय गन्तव्य हो। रेलमार्गको ९० प्रतिशत हिस्सा समुद्री सतहदेखि ३ हजार मिटरको उचाइमा रहेको समाचार एजेन्सीले जनाएका छन्। सबैभन्दा बढी ५१०० मिटरसम्मको उचाइमा रेलमार्ग रहेको छ। रेलमा अक्सिजनको पनि व्यवस्था गरिएको छ।

ल्हासादेखि निङ्चीसम्म विभिन्न स्थानमा गरी ९ ठाउँमा रेल्वे स्टेसन रहेका छन्। गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतमा नयाँ रेल योजनाका बारेमा निर्देशन दिएका थिए। नयाँ रेलमार्गले तिब्बतको अर्थतन्त्र उकास्न सहयोग पुग्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्