काठमाडौं : राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको नियमित बुलेटिनमा जनाइएअनुसार मोरङको सुनवर्षी नगरपालिका ८, कुरेलीमा २१ वर्षीय एक युवकलाई सेल्फी खिच्ने क्रममा जंगली हात्तीले आक्रमण गरेको हो ।
उनलाई बिराटनगरस्थित कोशी अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको प्राधिकरणले जनाएको छ । मोरङकै रतुवामाई नगरपालिका वडा नम्बर ५, मसानघाटमा भारतबाट आएको हात्तीको आक्रमणमा परी २८ वर्षका अर्का एक युवक घाइते भएका छन् ।
उता, कास्कीको रुपा गाउँपालिका –७ धारापानीस्थित बारीमा घाँस काट्न गएका दुई पुरुष बाघको आक्रमणबाट घाइते भएका छन् ।
प्रतिक्रिया