लेटेस्ट न्युज
advertisement1

काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी

Maryada News 2021-06-11 16:06:26
काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी काठमाडौं उपत्यकाको निषेधाज्ञा अझै एक साता लम्बिने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आन्तरिक छलफलबाट निषेधाज्ञाबारे निर्णय लिने तयारी गरेका छन् । 

मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिने छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । पछिल्लो पटक निषेधाज्ञा लम्ब्याइएको साता कोरोना संक्रमणदर विश्लेषण गरी त्यसपछि निषेधाज्ञा के गर्ने भन्ने विषयमा आवश्यक निर्णय लिइने उनले बताए ।

अहिले निषेधाज्ञालाई केही खुकुलो गरिने, कुन कुन क्षेत्रलाई खुकुलो बनाउने भन्ने बारे छलफल भइरहेको उनले बताए ।उपत्यकाको संक्रमणदर घटे पनि अझै जोखिमकै अवस्था रहेकाले निषेधाज्ञा थप्ने तीन जिल्लाका प्रशासनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्