काठमाडौं : नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डाको सीबी ३५० डीएलएक्स नेपाली बजारमा ल्याएको छ । सोमबार स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिका अध्यक्ष सौरभ ज्योतिले एक युट्युब भिडियोमार्फत् नेपाली बजारमा सार्वजनिक गरेका थिए ।आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुका लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोन ३ विभिन्न रङ्गहरुमा उपलब्ध हुनेछ ।
रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् । नेपाली बजारमा यसको मूल्य रु.७ लाख ५० हजार तोकिएको छ । थप जानकारीका लागि होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सकिने बताइएकाे छ ।
प्रतिक्रिया