लेटेस्ट न्युज
advertisement1

कञ्चनजङ्घा क्षेत्रमा नाउर गणना थालियाे

Maryada News 2021-06-05 10:35:49
कञ्चनजङ्घा क्षेत्रमा नाउर गणना थालियाे

ताप्लेजुङः जिल्लाकाे कञ्चनजङ्घा संरक्षण क्षेत्रमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको गणना थालिएकाे छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य थालिएको हो।

परिषदको वन तथा वन्यजन्तु प्राविधिक सुमन काफ्ले लगायत नौ जनाको टोली कञ्चनजङ्घा क्षेत्रको लोनाक खाम्बाजेन क्षेत्रमा नाउर गणनामा परिचालन भएका छन्। त्यस्तै कञ्चनजङ्घा क्षेत्रमा नाउरको बासस्थान तथा चरणको अध्ययन अवलोकन गर्न चार वटा क्षेत्र (ब्लक)मा विभाजन गरेर नाउर र हिउँ चितुवाको बासस्थान र चरणको अवस्था बारेमा अध्ययन विगत देखि नै गर्दै आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए।

ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लकमा विभाजन गरेर संरक्षणमा पाइने वन्यजन्तुको निरिक्षण हुँदैआएको चेम्जोङले बताए। संरक्षण क्षेत्रका चार ब्लकमा हिउँ चितुवा अनुगमन उपसमिति गठन भएको छ। नारउ र हिउँ चितुवा लागयतका वन्यजन्तुको निरिक्षण गर्ने जिम्मेवारी हिउँ चितुवा उपसमितिलाई रहेको घुन्सा ब्लक हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताए।

पाँच वर्ष पछि सो संरक्षण क्षेत्रमा नाउर गणना कार्य गत हप्तादेखि थालिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए।

ब्लक विभाजन गर्दा एक क्षेत्रको वन्यजन्तु आर्को ब्लकमा नजानका लागि हिमाल, खोला आदिका आधारमा क्षेत्र सिमाङकन गरिएको छ। 

समुन्द्र सतहदेखि पाँच हजार मिटर भन्दा माथिको उचाइको हिमाली क्षेत्रमा पाइने वन्यजन्तु नाउरको विसं २०७३ काे गणनामा दुई हजार २०० को सङ्ख्यामा नाउर पाइएकाे थियाे। त्यस्तै संरक्षण क्षेत्रमा २०६० सालमा १२ वटा हिउँ चितुवा रहेको अनुमान गरिएकोमा अहिले यो बढेर कम्तिमा पनि २९ पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले सो संरक्षण क्षेत्रभित्रका ओलाङचुङगोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँ चितुवाको संख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान रहेको छ। हिउँ चितुवाको मलमुत्र परीक्षणका आधारमा पनि त्यसक्षेत्रमा उक्त सङख्यामा हिउँ चितुवा रहेको परिषद्को कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्