काठमाडाैंः उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूकाे बैठक बस्दैछ। उपत्यकामा निषेधाज्ञा थप्नेदेखि खुकुलाे पार्नेसम्मकाे निर्णय गर्ने बैठककाे तयारी रहेकाे छ।
आज अपरान्ह बस्ने बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्नेछ। काठमाडाैंका प्रजिअ कालिप्रसाद पराजुलीका अनुसार थप गरिने निषेधाज्ञाकाे अवधिमा भने खाद्य तथा किराना पसल खुलाउन दिइने भएकाे छ।
यसअघि जेठ २० गतेसम्मका लागि उपत्यकाका तीनवटै जिल्लाहरूमा तरकारीका पसलबाहेक अन्य सम्पूर्ण पसल बन्द गरिने निर्णय भएकाे थियाे। उपत्यकामा निषेधाज्ञाले काेराेना नियन्त्रणमा सहयाेग पुगेकाे र हालैकाे तथ्यांकमा सङ्क्रमितकाे संख्या कम हुँदै गएकाे कुरालाई मध्यनजर गर्दै उपत्यकामा निषेधाज्ञाकाे अवधि थप हुँदै खुकुलाे हुने भएकाे छ।
प्रतिक्रिया