लेटेस्ट न्युज
advertisement1

डब्ल्यूएचओले विभिन्न देशमा फेला परेका काेराेनाका भेरियन्टलाई छुट्टाछुट्टै नाम दियाे

Maryada News 2021-06-01 10:18:31
डब्ल्यूएचओले विभिन्न देशमा फेला परेका काेराेनाका भेरियन्टलाई छुट्टाछुट्टै नाम दियाे

एजेन्सीः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विभिन्न देशमा फेला परेका कोरोनाका विभिन्न भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ। साेमबार डब्ल्यूएचओले एक निर्णय गर्दै अब उप्रान्त काेराेनाकाे नयाँ भेरियन्ट फेला परेमा त्यसलाई भूगाेल र देशकाे आधारमा नभई ग्रीक वर्णमालाका नामले सम्बाेधन गरिने जनाएकाे छ।

याेसँगै बेलायतमा भेटिएकाे भेरियन्टलाई अब ‘अल्फा’ भनेर सम्बाेधन गरिनेछ भने दक्षिण अफ्रिकामा भेटिएकाे भेरियन्टलाई ‘बिटा’ भनिनेछ। त्यस्तै ब्राजिलमा भेटिएकाे भेरियन्टलाई ‘गामा’ भनिनेछ भने भारतमा फेला परेकाे (B.1.617.2) भेरियन्टलाई ‘डेल्टा’ भनिनेछ। 

यस्तै भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ।

यसअघि डब्ल्यूएचओले नयाँ भेरियन्टकाे नाम सम्बन्धी कुनै निर्णय नगरे पनि अनाैपचारिक रूपमा भूगाेलकाे नामबाट भेरियन्टलाई सम्बाेधन गरिँदै आएकाे थियाे। केही साताअघि भारतले 'इण्डियन भेरियन्ट' भनेकाे प्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालहरूलाई साे नाम हटाउन निर्देशन जारी गरेसँगै याे विषयमा डब्ल्यूएचओकाे ध्यानाकर्षण भएकाे थियाे।  

यसका साथै भारतमा भेटिएकाे (B.1.617.2) र (B.1.617.1) भेरियन्ट नै नेपालमा पनि फेला परेकाे छ। याेसँगै नेपालमा फेला परेकाे काेराेनाकाे भेरियन्टलाई पनि अब डेल्टा र कप्पा भन्नुपर्ने हुन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्