काठमाडाैंः जनता समाजवादी पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र महताेले पार्टीकाे संसदीय दलकाे बैठक बाेलाएका छन्। बैठक सिंहदरबारस्थित दलकाे कार्यालयमा बिहान ११ बजे बस्ने गरी बाेलाइएकाे हाे।
बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानकाे धारा ७६ (५) बमाेजिम नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मकाे समय दिइएकाे थियाे। साेही सन्दर्भमा छलफल गर्न बैठक बाेलाइएकाे जसपाले जनाएकाे छ।
यता साेही दलकाे उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई भने बैठकबारे थाहा नभएकाे बताइएकाे छ। उपेन्द्र-बाबुराम पक्षले यसअघि राजेन्द्र महताेलाई संसदीय दलकाे नेता चयन गरिएकाे पनि स्वीकार गरेकाे छैन।
जसपाकाे संसदीय दलकाे बैठकलाई निकै महत्वका साथ हेरिएकाे छ। पछिल्लाे राजनीतिक घटनाक्रमअनुसार जसपा आफैं सरकारकाे नेतृत्व गर्ने या ओलीलाई सहयाेग गर्ने भन्ने सवालमा विभाजित र अनिर्णित छ। आजकाे बैठकले यस विषयकाे टुंगाे लगाएसँगै एउटा राजनीतिक काेर्स अघि बढ्ने अनुमान गरिएकाे छ।
प्रतिक्रिया