काठमाडाैंः भारतकाे गुजरात राज्य आसपासमा सक्रिय रहेकाे चक्रवात 'ताउ-ते' काे प्रभाव नेपालकाे माैसम प्रणालीमा समेत परेकाे छ। पश्चिमी न्यून चापीय प्रणाली र ताउ-ते का कारण देशभर माैसम बदली भएकाे छ।
प्रदेश नम्बर २ र प्रदेश नम्बर १ मा आंशिक बदली भए पनि देशकाे अन्य भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेकाे छ।
बुधबार देशैभर सामान्यदेखि पूर्ण माैसम बदली हुने माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ। कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भू-भाग र बागमती प्रदेशकाे पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हलुकादेखि मध्यम वर्षा हुने सम्भावना रहेकाे छ।
कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षाकाे सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ। त्यस्तै आज देशकाे उच्च हिमाली भू-भागका केही स्थानमा भने हलुकादेखि मध्यम हिमपात तथा वर्षाकाे सम्भावना रहेकाे छ।
यस्तै महाशाखाले आगामी २४ घण्टाकाे लागि चेतावनी तथा परामर्श पनि जारी गरेकाे छ। बदलिँदाे माैसमका कारण देशभरका अधिकांश खाेलानालाहरूमा जलप्रवाह बढ्ने भएकाले यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने सम्भावना रहेकाे भन्दै महाशाखाले सबैलाई सतर्क रहनसमेत अनुराेध गरेकाे छ।
प्रतिक्रिया