लेटेस्ट न्युज
advertisement1

लमजुङ केेन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको भूकम्प

Maryada News 2021-05-19 09:48:15
लमजुङ केेन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको भूकम्प

काठमाडाैंः लमजुङ केेन्द्रबिन्दु बनाएर बुधबार एकाबिहानै भूकम्प गएकाे छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले क्षेत्रमा बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएकाे हाे।

काठमाडाैंमा समेत महसुस गरिएकाे यस भूकम्प २०७२ वैशाख १२ गतेकै महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ।   

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन र धादिङमा समेत महसुस गरिएको थियो। भूकम्पको क्षतिबारे हालसम्म जानकारी प्राप्त भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्