काठमाडाैंः चीनले नेपाललाई अनुदानमा दिने भनेकाे २० हजार अक्सिजन सिलिण्डरमध्ये १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेका छन्। अक्सिजन सिलिण्डर बोकेका चिनियाँ गाडी कुति (न्यालम) भन्सारबाट तिब्बतर्फको नाकामा आइपुगेको नेपाल सरकारले जनाएको छ।
सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन सिलिण्डर अभाव हुन नदिन हवाइ र स्थल दुवै मार्ग प्रयोग गरिएको बताएका छन्। शनिबार साँझ पनि नेपाल एयरलाइन्सको वाइडबडी जहाज थप अक्सिजन सिलिण्डरसहित अन्य स्वास्थ्य सामाग्री लिन बेइजिङ उडिसकेको छ।
अक्सिजन सिलिण्डर ताताेपानी भन्सारमा चिनियाँ पक्षले नेपाललाई हस्तान्तरण गर्नेछ। त्यसपश्चात ती अक्सिजन सिलिण्डर काठमाडौं पठाइने भन्सार कार्यालयले जनाएको छ।
प्रतिक्रिया