काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र थप ४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा १४ र भक्तपुरमा आठ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । यससँगै उपत्यकाभर जम्मा ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं जिल्लामा हाल ३० हजार १२४ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा ७ हजार १०१ र भक्तपुरमा पाँच हजार सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया