एजेन्सी- पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्षस्थानमा पुगेको छ । गएराति भएको खेलमा निसमाथि २–१ को जित निकाल्दै शीर्षस्थानमा पुगेको हो । घरेलु टोलीलाई जिताउन जुलयन ड्राक्सलर र मोइस किनले गोल गरे । निसका रोनी लोपेसले एक गोल फर्काए ।
खेलको २२औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट पीएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ५०औं मिनेटमा रोनी लोपेसले बराबरी गोल फर्काए । ७६औं मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए । लिलसँग समान ५४ अंक रहेपनि गोल अन्तरमा पीएसजी शीर्षस्थानमा रहेको छ । लिलले एक खेल कम खेलेको छ ।

प्रतिक्रिया