लेटेस्ट न्युज
advertisement1

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

Maryada News 2021-02-13 19:31:23
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागले शनिबार एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातका साथै प्रदेश नं १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

मौसमविद्का अनुसार उक्त प्रणालीको प्रभावले आगामी सोमबार देशभर आंशिकदेखि सामान्य बदली हुने बताइएको छ। यस प्रणालीमा जलवायुयुक्त हावा कम भएकाले ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्