काठमाडाैं : दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संग्लगन अभियुक्तमध्ये एक जनालाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ।
द्वन्द्वकालमा तत्कालीन माओवादीबाट थापाको हत्या भएको थियो। त्यस घटनामा संल्गन अभियुक्त ६८ वर्षीय जयबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
दैलेखको महाबु गाउँपालिका–६ का ६८ वर्षीया शाहीलाई खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखको टोलीले समातेको हो। जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्वपक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन्। र बाँकी सजाय दिलाउन कारागार चलान गरिएको दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले जनाए।
शाहीले १ वर्ष ७ महिना १ दिन कैद भुत्तान गरी बन्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भई फरार थिए।
द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्ने भन्दै वार्ताका लागि गएका उनलाई साबिकको द्धारी गाविस–१ हालको नोमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते हत्या गरेको थियो।
उनलाई नौमुलेबाट तत्कालीन माओवादीले अपहरण गरी ४५ दिनसम्म बन्दी बनाएर हत्या गरेका थियो। निर्मम तवरले मारिएका पत्रकार थापाको शव द्धारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो।
माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसबेला प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो।
प्रतिक्रिया