काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ३०८९ काठमाडौँका, ३७४ भक्तपुरका र ६४३ ललितपुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौँमा २५ हजार ९४० जना सक्रिय संक्रमित छन्। यससँगै काठमाडौँमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार ५५६ पुगेको छ। यस्तै भक्तपुरमा ३ हजार २५२ जना सक्रिय संक्रमित छन् ।
यससँगै भक्तपुरमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २४५ पुगेको छ । यस्तै ललितपुरमा ५ हजार ४२९ सक्रिय संक्रमित छन् । योसँगै ललितपुरमा सक्रिय संक्रमितको संख्या २३ हजार २ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया