बाँकेः काेराेना भाइरस सङ्क्रमण भएपछि उपचाररत दुई जनाकाे अस्पतालमै निधन भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै निधन भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए।
वैशाख १० गते भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका ६० वर्षीय पुरुषको गए राति ११.४५ मा निधन भएको थियो भने वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका २७ वर्षीय पुरुषको आज बिहान ४ः४० मा निधन भएको हो।
मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र नेपाली सेनाले परिवारसँगको समन्वयमा तयारी गरिरहेको छ। यससँगै बाँकेमा कोरोनाबाट निधन हुनेको सङ्ख्या एक सय ४५ पुगेको छ।
प्रतिक्रिया