लेटेस्ट न्युज
advertisement1

पाेखरेलकाे चतुर्‍याइँः सरकार जाेगाउन राजीनामा

Maryada News 2021-05-02 12:46:03
पाेखरेलकाे चतुर्‍याइँः सरकार जाेगाउन राजीनामा

काठमाडाैंः लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले आफ्नाे सरकार जाेगाउन राजनीतिक चतुर्‍याइँ गरेका छन्। आइतबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका पाेखरेलले एकल बहुमतीय सरकार बनाउने तयारी गरेकाे बताइएकाे छ। 

प्रदेश सभामा रिक्त रहेकाे ६ जना सांसद पदकाे फाइदा उठाउँदै उनले नयाँ एकल बहुमतीय सरकार बनाउने खेल रचेका हुन्। उनले राजीनामा दिनासाथ लुम्बिनी प्रदेशमा हाल नयाँ सरकार गठनकाे प्रकृया शुरु भइसकेकाे छ। जसअनुसार अब प्रदेश प्रमुखले बहुमत प्राप्त दललाई सर्वप्रथम सरकार गठनका लागि बाेलाउने छन्। 

प्रदेश सभामा रिक्त रहेकाे ६ जनाकाे सांसद पदकाे लाभ लिएपछि एमाले हाल लुम्बिनीमा बहुमत प्राप्त दल बनेकाे छ। 

याे हाे पाेखरेलकाे राजनीतिक खेलः

लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय हाे। यद्यपि एमाले प्रवेश गरेकाे भन्दै माओवादीका दुई र मुख्यमन्त्री पाेखरेलकाे सरकारमा सहभागी भएकाे भन्दै राजपाका चारजना सांसद आ-आफ्ना दलबाट निष्कासित भएपछि प्रदेश सभा हाल ८१ सदस्यीय बनेको छ।

ती मध्ये एमालेसँग ४१ सांसद् छन्। अर्थात्- बहुमत सदस्य छन्।

यता मुख्यमन्त्रीविरुद्ध अविश्वास दर्ता गराएका दल कांग्रेस, राजमो र माओवादीसँग सभामुखसहित कूल ४० जना सांसद् छन्। अर्थात्- बहुमत छैन। यस अंकगणितअनुसार मुख्यमन्त्रीमा पाेखरेलकै दाबी हुन आउँछ।

यसअघि पनि अंक गणितीय हिसावले सुरक्षित नै रहेका मुख्यमन्त्री पाेखरेलले माधव नेपाल पक्षका सांसदले 'फ्लाेर क्रस' गर्ने संभावना रहेकाले अविश्वास प्रस्तावमा मतदान हुनु एकदिन अगावै राजीनामा दिएका हुन्। लुम्बिनी प्रदेशमा माधव पक्षका सांसद खुलेरै पाेखरेलकाे विरुद्धमा लागेका छन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्