काठमाडाैंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुनरावलाेकन निवेदनमा सर्वोच्च अदालतले निस्सा नदिने निर्णय गरेकाे छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले प्रचण्डले मंगलबार दर्ता गराएकाे पुनरावलाेकन निवेदनलाई अघि नबढाउने फैसला गरेको हो।
गत फागुन २३ मा सर्वाेच्चकाे फैसलाले नेकपाकाे आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रबीचकाे एकतासमेत भंग गरेकाे थियाे। साेही फैसलाकाेविरुद्धमा प्रचण्डले गत मङ्गलबार सर्वाेच्च अदालत गइ निवेदन दर्ता गराएका थिए।
प्रतिक्रिया