एजेन्सीः जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति भएकाे खेलमा मुम्बई इण्डियन्सले जीत हासिल गरेकाे छ। चेन्नाई सुपर किंग्समाथि मुम्बईले ४ विकेटले जीत हासिल गरेकाे हाे।
पहिला ब्याटिङ गरेकाे चेन्नाईले निर्धारित २० ओभरमा दुई सय १९ रनकाे विशाल स्काेर बनाएकाे थियाे। यता मुम्बईका ब्याट्सम्यान काइरन पाेलार्डले ३४ बलमा ६ चाैका र ८ छक्कासहित ८७ रन बनाएपछि खेल मुम्बईले जितेकाे हाे। गएराति भएकाे खेलमा पाेलार्डले १७ बलमै अर्धशतक बनाएका थिए।
मुम्बईकाे शुरुवात पनि निकै उत्कृष्ट रहेकाे थियाे। ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ७.४ ओभरमा ७१ रन जोड्दै टीमलाई जिताेन्मुख गराएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईका लागि अम्बाती रायडूले २७ बलमा ४ चौका र ७ छक्कासहित ७२ रनकाे उत्कृष्ट पारी खेले। गएरातिकाे खेलमा रायडूले २० बलमा अर्धशतक पूरा गरेका थिए। यस्तै अलराउण्डर मोईन अलीले ३६ बलमा ५ चौका र ५ छक्कासहित ५८ रनको पारी खेले भने दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डु प्लेसिसले पनि २८ बलमा ५० रनकाे अर्धशतकीय पारी खेले।
गएरातिकाे खेलबाट जारी आईपीएलकाे अंक तालिकामा ७ खेलमा ५ जित र २ मा हारसहित चेन्नाई शीर्ष स्थानमा रहेकाे छ। मुम्बई ७ खेलमा ४ जीत र ३ हारसहित चाैथाे स्थानमा रहेकाे छ।
यस्तै आज आईपीएलमा दुई खेल हुने भएकाे छ। राजस्थान राेयल्स र सनराईजर्स हैदरावादबीच दिउँसाे ३ः४५ बाट खेल शुरु हुँदैछ भने पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच साँझ ७ः१५ बाट खेल शुरु हुनेछ।
राजस्थान ६ खेलमा ४ हार र २ जीतसहित अंकतालिकामा सातौं स्थानमा छ। यता हैदराबाद ६ खेलमा ५ हार र १ जीतसहित अंकतालिकामा अन्तिममा रहेकाे छ। पञ्जाब ७ खेलमा ४ हार र ३ जीत सहित पाँचौं स्थानमा छ। दिल्ली ७ खेलमा ५ जीत र २ हारसहित अंक तालिकाकाे दोस्रो स्थानमा छ।
प्रतिक्रिया