काठमाडाैंः नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी विभाजन भएकाे छ। नेकपाकै पूर्व वरिष्ठ पोलिटब्युरो सदस्य कृष्णप्रसाद धमलाको नेतृत्वमा पार्टी विभाजन भएको हाे।
शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टी विभाजनकाे जानकारी दिइएकाे हाे। सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण र मूलधारकाे राजनीतिमा प्रवेश गरेकाे दलमा केही समययता अन्तरविरोध रहँदै आएको थियो।
विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको जारी गरिएकाे विज्ञप्तिमा बताइएकाे छ।
नयाँ पार्टीकाे नाम जन–समाजवादी मञ्च, नेपाल राखिएकाे छ। ५१ सदस्यीय पार्टीमा हिमाल, पहाड, तराइ मधेश सबैको प्रतिनिधित्व गरिएकाे बताइएकाे छ।
प्रतिक्रिया