काठमाडौं : प्रदेश सभाबाट पदमुक्त भएका जनता समाजवादी पार्टीका ४ जना लुम्बिनी प्रदेशसभा सदस्य सर्वोच्च अदालत जाने भएका छन् । पार्टीको कुनै आधिकारिक निर्णयविना आफूहरूलाई प्रदेश सभा सचिवालयले पदमुक्त गरेको भन्दै त्यसविरूद्ध चारैजना आजै सर्वोच्च अदालतमा जाने भएका हुन् ।
प्रदेशसभा सचिवालयले हिजो सूचना जारी गरी चारजनालाई पदमुक्त गरेको थियो । यसअघि उनीहरुलाई जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ९५० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरी पदमुक्त गरेको थियो ।
मुख्यमन्त्री शंकर पोखरेलले आफूविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै जसपाका सन्तोष पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्री नियुक्त गरेका थिए। गत वैशाख ६ गते लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको को एक घन्टापछि नै चारै जना सरकारमा सहभागी भएका थिए ।
प्रतिक्रिया