काठमाडौं : प्ररहीले कोरोना माहारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई नियन्त्रणमा लिएको छ । दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी ३८१ वटा साना जिप तथा कारहरु पनि होल्ड गरिएका छन् । निषेधाज्ञामा विभिन्न बाहना बनाएर चलेका १८४ वटा ठूला सवारीसाधन पनि प्रहरी नियन्त्रणमा परेका छन् । साँझ ७ बजेपछि ती सवारीलाई छोड्छौं,’ अधिकारीले बताएका छन् । उनका अनुसार तीन दिनका बीचमा काठमाडौंबाट सावा दुई लाख मान्छे बाहिरिएका छन् । बिहीबार विहानसम्म काठमाडौंका विभिन्न नाकाबाट बाहिरिने सवारीको चाप थियो ।
प्रतिक्रिया