काठमाडाैंः संघीय राजधानी काठमाडाैंकाे मुटु मानिने बानेश्वरमा सर्वसाधारण जाेखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
बानेश्वरकाे लिभरपुल कलेज अगाडिकाे भिरालाे बाटाेमा विजुलीकाे तार लत्रेकाे ४८ घण्टा बित्दा पनि हालसम्म सम्बन्धित निकायले वास्ता नै गरेकाे छैन। एक त भिरालाे त्यसमाथि लत्रेका तार, दुई पाङ्ग्रे सवारीलाई यहाँ जाेखिम नै जाेखिम छ। हिजाे दिउँसाे त स्थानीयले महानगरपालिकालाई खबर पनि गरे, तर हालसम्म न महानगर आयाे न लत्रेका तार हट्याे।
सरकार पार्टीकाे किचलाेमा व्यस्त छ। महानगरपालिका र मेयर सधैं झैं मस्त छन्। विद्युत प्राधिकरणलाई वास्तै छैन। सडकमा महानगरकाे एम्बुस कहिलेसम्म? के यहाँ पनि सर्वसाधारणकाे ज्यान नगएसम्म महानगरले कदम नचाल्ने हाे?
जनताले कर तिरेकै छन्। विकासकाे साटाे राजनीतिक किचलाे उपहार दिँदा पनि सहेकै छन्। फेरि किन यस्ताे एम्बुस? विद्यासुन्दरकाे कुरुप महानगरमा सडक एम्बुसमा परी कुनै अप्रिय घटना नहाेस्। तत्काल सम्बन्धित निकायकाे ध्यानाकर्षण हुन जरुरी छ।
हेर्नुहाेस् सडकमा महानगरले थापेकाे एम्बुसः
प्रतिक्रिया