उदयपुरः जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खाती रहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ।
सोमबार साँझ नगरपालिकाकाे मिलनचाेकमा ब्राउनसुगर कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सम्बन्धित स्थानमा छापा मार्दा २०० ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको हाे। ब्राउनसुगरसहित पक्राउ गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।
प्रतिक्रिया