लेटेस्ट न्युज
advertisement1

नक्कली प्रमाणपत्रधारी ७ डाक्टर पक्राउ

Maryada News 2021-04-19 21:55:45
नक्कली प्रमाणपत्रधारी ७ डाक्टर पक्राउ

काठमाडौं :  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले एसएलसीको नक्कली प्रमाणपत्र बनाएर चिकित्सा शिक्षा अध्ययन गरेर डाक्टर बनेको आरोपमा सातजनालाई पक्राउ गरेको छ।

विराटनगरबाट दुईजना, रुकुमबाट एकजना, जनकपुरबाट एकजना र काठमाडौंबाट तीनजनालाई पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्नेहरुमा विराटनगर न्युरो हस्पिटलमा कार्यरत डाक्टर मोहम्मद सिद्धिकी, दीघार्यु अस्पतालका मोहम्मद शाहिद राजा, जनकपुर चिल्ड्रेन अस्पतालका सुभाषप्रसाद साह, मिसन अस्पताल रुकुम पश्चिममा कार्यरत दिपेन्द्र गौतम रहेका छन् ।

यस्तै विराटनगरबाट अखिलेस कुमार देव, काठमाडौंबाट पल्लवी सिंह, सानेपाबाट फराज हुसेन खान पक्राउ परेका छन् । सीआईबीले यसबारे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी  दिएकाे हाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्