काठमाडौंः शान्तिनगरमा रहेकाे नेकपा एमालेका सांसद झपटबहादुर रावल बस्ने घरमा ढुंगा हानेकाे अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाकाे टोलीले रामेछाप गोकुलगंगा गाउँपालिका–१ का मनोज तामाङ र पाँचथरका नसिम लिम्बुलाई पक्राउ गरेको हो।
मोटरसाइकल पार्किङ गर्ने विषयमा विवाद हुँदा बुधबार राति दुई युवाले ढुंगा हानेकाे महाशाखाका एसएसपी चन्द्र खापुङले बताएका छन्। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिएको बताइएकाे छ।
प्रतिक्रिया