काठमाडाैंः होली खेल्ने क्रममा दुई किशाेरले एसिड छ्याप्दा तीन जना घाइते भएका छन्। शङ्खरापुर नगरपालिका–१ मा होली खेल्ने क्रममा एसिड छ्यापिँदा १६ वर्षीया किशोरीसहित ११ र ९ वर्षका बालक घाइते भएका हुन्।
घाइतेकाे सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। महानगरीय प्रहरी परिसर, काठमाण्डौका एसएसपी अशोक सिंहका अनुसार घाइतेकाे अवस्था सामान्य रहेको छ।
एसएसपी सिंहका अनुसार दूध डेरीमा दूध फटाउन प्रयोग हुने एसिडलाई अन्जानमा पानी ठानेर छ्यापिँदा घटना भएकाे हाे। प्रहरीले एसिड छ्याप्ने १७ वर्षका पवन पहाडी र १८ वर्षका आकाश तामाङसहित डेरी सञ्चालक केशव नेपाललाई पक्राउ गरेको छ।
घटना आइतबार दिउँसो भएकाे हाे। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया