कास्कीः नेपाल पत्रकार महासङ्घ कास्कीमा विमला भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। बुधबार सम्पन्न निर्वाचनमा भण्डारी एक सय ७४ मतसहित विजयी बनेकी हुन्।
उनका प्रतिस्पर्धी केशवशरण लामिछानेले एक सय २१ मत प्राप्त गरेका छन्। भण्डारी नेपाल प्रेस युनियनकाे तर्फबाट उम्मेदवार थिइन्।
त्यस्तै कास्कीमा उपाध्यक्षमा रामप्रसाद तिमल्सिना, उपाध्यक्ष (महिला)मा जमुना शर्मा वर्षा, सचिवमा माधव बराल, सहसचिवमा श्रीराम सिग्देल, सहसचिव (समावेशी)मा रेमबहादुर विक, कोषाध्यक्षमा कृष्ण दबाडी, सदस्य (महिला)मा सपना अधिकारी, सदस्य (दलित)मा विजय नेपाली, सदस्य ( आदिवासी÷जनजाति)मा पदम श्रेष्ठ र सदस्य (अन्य समावेशी)मा जैनव खातुन विजयी भएका छन्।
त्यस्तै खुला सदस्यतर्फ कञ्चन थापा, गीता रानामगर, धनबहादुर गुरुङ (सुमन), प्रभु अधिकारी, सन्तोष सुवेदी, शिवराज बस्ताकोटी (शिव दाइ), सन्तोष बस्याल, युवराज गुरुङ (युनिस) र हरि पन्त विजयी भएका छन्।
राष्ट्रिय परिषद् सदस्यमा भने राजबहादुर गुरुङ, कमल पौडेल अथक, गङ्गाधर पराजुली, आरजु विष्ट सल्यानी र श्यामनाथ कुँवर विजयी भएका छन्।
प्रतिक्रिया