काठमाडाैंः नेकपा एमालेको झलनाथ-माधव समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने भएको छ। मङ्गलबार बस्ने बागमती प्रदेशको स्थायी कमिटि बैठकबाट समानान्तर कमिटी घाेषणा गरिने साे समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेयता साे समूह तीव्र रुपमा समानान्तर कमिटी गठन गर्ने क्रममा रहेकाे छ। दुई दिन अघि झलनाथ-माधव समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको थियो। यस्तै गण्डकी प्रदेशमा पनि साे समूहले समानान्तर कमिटी गठन गरिसकेको छ।
झलनाथ-माधव समूह आगामी बैशाखदेखि संगठन सुदृढिकरण अभियान चलाउने तयारीमा रहेकाे छ। आजको बैठकबाट थप कुरा टुंग्याइने नेतृ शाक्यले बताएकी छिन्।
प्रतिक्रिया