काठमाडौं : अब एसिड किन्न गृह मन्त्रालयको अनिवार्य सिफारिस चाहिने भएको छ । एसिड आक्रमणका घटनामा बृद्धि हुँदै गएको भन्दै न्यूनीकरण गर्न यसको खरिद विक्रीमा कडाइ गरेको हो । आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले यसबारे जानकारी गराएको हो ।
कानून बमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै उद्योगलाई औद्योगिक प्रयोजनको लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा मन्त्रालयमा विधीपूर्वक निवदेन दिनुपर्ने सूचनामा उल्लेख छ ।
यसअघि जोकोही व्यक्तिले सहजै एसिड खरिद वा विक्री गर्न सक्थे । यद्यपि उद्योगधन्दालाई भने एसिड खरिद गर्न लाइसेन्स आवश्यक पर्ने छैन । उद्योगले आफूलाई चाहिएको परिमाण खुलाएर गृह मन्त्रालयमा निवेदन दिएपछि एसिड खरिद गर्न सक्नेछन् ।
प्रतिक्रिया