काठमाडौंः हाेलीकाे अवसरमा अमर्यादित क्रियाकलाप हुन नदिन आज काठमाडौंमा व्यापक सवारी चेकिङ भइरहेकाे छ। हाेलीकाे बहानामा सवारी नियम तोड्ने जस्ता गतिविधि नियन्त्रण गर्न आज उपत्यकामा चेकिङ कडाइ गरिएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ।
लाइसेन्स, ब्लूबुकजस्ता सवारी चलाउँदा आवश्यक पर्ने कागजात बाेकेरमात्र यात्रा गर्न ट्राफिक प्रहरीले जानकारी गराएकाे छ।
यस्तै उपत्यकाका ८५ देखि ९० स्थानमा चेक प्वाइन्ट राखिएको समेत महाशाखाले बताएकाे छ। यस्तै करिब आठ सय ट्राफिक प्रहरी परिचालन गरिएकाे छ।
आज विशेषतः मोटरसाइकलमा तीनजना बस्ने तथा मापसे गरी सवारी चलाउनेमाथि निगरानी गरिने छ।
प्रतिक्रिया