लेटेस्ट न्युज
advertisement1

सैनिक दिवसकै दिन म्यानमारमा ९० बढी प्रदर्शनकारीको गोली हानी हत्या

Maryada News 2021-03-27 22:07:20
सैनिक दिवसकै दिन म्यानमारमा ९० बढी प्रदर्शनकारीको गोली हानी हत्या

एजेन्सी : म्यानमारमा सेनाको गोली लागेर शनिबार एकैदिन ९० जनाभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ । सैन्य कू विरोधी शान्तिपूर्ण प्रदर्शनमा म्यानमार सेनाले गोली चलाउँदा उक्त रक्तपातपूर्ण घटना भएको हो ।

यो घातक हिंसा म्यानमारको सैनिक दिवसकै दिनमा भएको छ । जुन्ता (म्यानमार सेना) प्रमुख जनरल मिङ आन हाइङले राजधानी न्यापितामा आयोजित सैन्य परेडलाई सम्बोधन गर्दै सेनाले लोकतन्त्रको रक्षा गर्ने बताएका छन् ।

सेनाले सत्ता आफ्नो हातमा लिएयता भएको प्रदर्शनमा शनिबारसहित ४ सय जना सर्वसाधारणको ज्यान गएको जनाइएको छ । गत नोभेम्बरको चुनावमा धाँधली भएको भन्दै सेनाले निर्वाचित नेतालाई अपदस्थ गर्दै शक्ति आफ्नो हातमा लिएको हो । म्यानमारको नाउ न्यूज पोर्टलका अनुसार सुरक्षाकर्मीको गोली लागेर शनिबार ९१ जनाको मृत्यु भएको छ । माण्डलेमा ५ वर्षे बालकसहित २९ जनाको मृत्यु भएको छ । याङ्गुनमा मात्र २४ जना मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्