लेटेस्ट न्युज
advertisement1

कांग्रेसको नेतृत्वमा सरकार गठनको माग

Maryada News 2021-03-25 17:08:35
कांग्रेसको नेतृत्वमा सरकार गठनको माग

धरान : नेपाल दलित संघले प्रदेश नं १ स्तरीय अन्तरक्रियामा वैकल्पिक सरकार गठनको मागलाई जोडदार उठाएको छ । धरानमा हालै सम्पन्न 'समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था' विषयक २ दिने अन्तरक्रिया पश्चात् जारी धरान घोषणा पत्रले कांग्रेसको पहलमा वैकल्पिक सरकार गठनको माग अघि सारेको हो ।

घोषणा पत्रमा भनिएको छ, “वर्तमान सरकार असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र निरंकुश कार्यशैलीका माध्यमबाट मुलुकलाई भ्रष्टाचार र कुशासन ब्याप्त बनाएको परिप्रेक्षमा  स्वतन्त्र न्यायपालिकाको फैसला पश्चात् वर्तमान सरकारले नैतिक धरातल गुमाएकोले प्रमुख  प्रतिपक्षी दल नेपाली कांग्रेसको पहलमा सिघ्राति सिघ्र वैकल्पिक सरकार गठन गर्न जोडदार माग गर्दर्छौँ ।”

यसैगरी धरान घोषणा पत्रले वर्तमान सरकारलाई भ्रष्टाचार र अनियमिततामा अग्रणी सरकारको संज्ञा दिदै सबै खाले विभेदका घटनाहरुको भर्त्सना गरेको छ । घोषणा पत्रमा भनिएको छ, ”वर्तमान सरकारको भ्रष्टाचार, अनियमितता, प्रधानमन्त्रीको स्वेच्छाचारी र सर्वसत्तावादी चरित्र र नेपालभर दलित समुदायमाथि भएका बलात्कार तथा सबै प्रकारका जातिय विभेद र छुवाछूतजन्य घटनाहरु प्रति नेपाल दलित संघले भर्त्सना गर्दै आएको छ । यस्ता घटनाहरुका दोषीहरुलाई कडा भन्दा कडा कारबाही गरी पीडितलाई न्याय प्रदान सरकारलगायत सम्बन्धित निकायहरुको विशेष ध्यानाकर्षण गर्दछौँ।" संघका सचिव दिपक सोनीले कांग्रेसभित्र पनि समावेशिताका आवाज अझ बढी उठाउन अन्तरक्रियाले सहयोग गरेको स्पष्ट पारेका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्