एजेन्सी- अवकासको जीवन भन्नु नै सक्रिय कामबाट विदा लिनु हो । निश्चित छ, काम नहुनु भनेको पैसा नहुनु हो । झन् आजभोली मानिसको औषत आयू बढ्दो क्रममा रहेको बेला अवकास जीवनपनि पहिलेभन्दा लामो हुँदै गएको छ ।
कुनैपनि मानिसको अवकासको जीवन भनेको पैसा पुग्छ पुग्दैन, यति सम्पत्ति भए खान लाउन पुग्छ पुग्दैन भनेर सोच्दै पीर मान्ने समय होइन । अवकासको जीवन त निश्फिक्री भएर बाँच्ने जीवन हो ।
त्यसैले यी पाँच तरिका अपनाउनु भयो भने तपाईले आफ्नो अवकासपछिको जीवनमापनि ढुक्कसाथ पैसा खेलाइरहन पाउनुहुनेछ ।
बजेट बनाउनुस् र त्यसैअनुसार पालना गर्नुस्
अवकास जीवनमा आयस्रोत हुँदैन, हुनेकोपनि पेन्सनको रुपमा थोरै मात्र हुन्छ । त्यसैले रहर सबै पूरा गर्न गाह्रो हुन्छ । यसको लागि कि बचत गर्ने बानिको विकास गर्नुपर्याे, कि त बजेट बनाउन तिर लाग्नुपर्याे ।
सर्वप्रथम त तपाईले आफ्नो खर्च कति छ त्यो याद गर्नुस् । साना साना खर्चपनि जोड्नुस् । आफ्नो खर्चको आँकलन भइसकेपछि, खर्चलाई वर्गिकरण गर्नुुस् । त्यसपछि नगरी नहुने खर्च, गर्दा राम्रो हुने खर्च र पछि गर्दापनि हुने खर्च भनेर अर्काे वर्गिकरण गर्नुस् ।
यसले तपाईको खर्च गर्ने तरिकामापनि सुधार हुनेछ, साथै तपाईको बचत गर्ने बानिको विकासपनि हुनेछ
अवकास अगावै केही बचत गर्नुस्
पैसाको अभाव हुन नदिने विश्वव्यापी मान्यता नै यही हो– समय छँदै पैसाको बचत गर्नुस् । अवकास अगावै गरेको बचतले एक त तपाईलाई अवकासपछि भनेको समयमा पैसाको खाँचो टर्छ, अर्काे तपाईको बचतमा विस्तारै थपिदै गएको ब्याजले खुसीपनि दिन्छ ।
निरन्तर लगानी गर्नुस्
लगानीभन्दा ठूलो आयस्रोत केही हुँदैन । सही समयमा सही कम्पनी छानेर लगानी गर्नुभयो भने अवकासपछिपनि जागिरे जीवनमा जस्तै पैसा आइरहन्छ । अझ फाइदाको कुरो त यसको लागि तपाईले काम गर्नै पर्दैन । तर सही समयमा सही कम्पनी छान्न सक्ने क्षमताभने निरन्तरको लगानीबाटमात्र आउन सक्छ ।
आम्दानीको बहुउपाय सृजना गर्नुस्
आम्दानीको अनेक उपाय सृजना गर्ने कामले अवकासअघिपनि काम गर्छ, अवकासपछिपनि काम गर्छ । जस्तो तपाई कुनै सरकारी निकायको उपल्लो तहको कर्मचारी हुनुहुन्थ्यो भने तपाईले सरकारी जागिरको तयारी कक्षाहरूमा पढाउन सक्नुहुन्छ । तपाई सुरक्षा निकायको कर्मचारी हुनुहुन्थ्यो भने विभिन्न सुरक्षा सम्बन्धि कक्षाहरू, सेमिनारहरूमा आफ्नो क्षमता देखाएर आम्दानीको बहुउपाय सृजना गर्न सक्नुहुन्छ ।
त्यस्तै पत्रिकामा लेख लेख्ने, फ्रिल्यान्स काम गर्ने, सेयर बजारमा उपस्थिती जनाउने यी अनेक उपाय तपाईका लागि हुन सक्छ ।
पार्ट टाइम जागिरको सोच राख्नुस्
यो तपाईलाई फुर्सदिलो समयमा दिन बिताउन सहायक त हुन्छ नै, तपाईलाई निरन्तर आम्दानी भइरहनाले पैसाको खाँचोपनि पर्ने छैन ।
लगानी गर्दापनि, बचत गर्दापनि, बजेट अनुसार चल्दापनि कहिलेकाहीँ पैसाको अभाव हुने समस्यालाईपनि यसले सम्बोधन गर्नेछ । अर्काे यसले तपाईलाई जिम्मेवारपनि बनाइराख्छ । संस्थाप्रति जवाफदेहीपनि बनाउँछ ।
अझ भनेको समयमा विदापनि बस्न पाइन्छ । त्यसैले एउटा अवकासप्राप्त कर्मचारी वा व्यक्तिलाई पार्ट टाइम जागिर निकै नै फाइदाजनक हुनसक्छ ।
प्रतिक्रिया