लेटेस्ट न्युज
advertisement1

यो 'भ्यालेन्टाइन्स् डे'मा प्रेमीसँग जानुस् यी ठाउँहरू

Maryada News 2021-02-04 18:27:02
यो 'भ्यालेन्टाइन्स् डे'मा प्रेमीसँग जानुस् यी ठाउँहरू

काठमाडौं । काठमाडौंको सडकमा एकैछिन हिड्ने हो भने जोडी ढुकुरजस्तै बाँधिएर हिड्ने प्रेमीप्रेमिका थुप्रै देखिन्छन् । केही समययता प्रेम र प्रेम विवाहप्रति नेपाली समाज राम्रैसँग खुलेको छ । ‘भगाएर’ विवाह गर्नेहरूकाे खबर पहिलाभन्दा कम सुनिन थालेको छ । 

अझ रमाइलो कुरा त काठमाडौंलाई ‘भ्यालेन्टाइन्स् डे’ यसरी लाग्छ कि मानौं दशैं होइन ‘भ्यालेन्टाइन्स् डे’ नै नेपालको मुख्य चाड हो । रेष्टुराँदेखि पार्लरसम्मले डिस्काउण्ट दिन्छ । 

यही नजिँकिदो भ्यालेन्टाइन्स् डेलाई मध्यनजर गर्दै यसपालि प्रेमीप्रमिका काठमाडौं वरिपरि कता जाँदा ठीक होला त ?

चित्लाङ
आफ्नो प्रेमीप्रेमिकालाई लिएर तपाईं चित्लाङ पुग्नुभएको छैन भने यसपालिको भ्यालेन्टाइन्स् डे गज्जबको साइत हुनसक्छ । इन्द्रसरोवरको मनमोहक दृश्य, भेडा फार्म अनि चिज उद्योग, हरिया फाँट, कुलेखानी दहको बोटिङ, चिसो मौसम, अनि साँझको क्याम्प फायर । आहा ! चित्लाङ यीनै मनमोहकताको संगम हो । हालसालै चित्लाङमा ‘क्वाड बाइक राइडिङ’को पनि व्यवस्था रहेको छ । प्रेम पनि फक्रिने, घुमाइ पनि हुने यो भन्दा गतिलो गन्तव्य भेट्नु भयो भने हामीलाई पनि भन्नुहोला ।

सदाबहार नगरकोट 
काठमाडौं आसपासका प्रेमीप्रेमिकाको पानीपँधेरो नै हो नगरकोट । भनेजस्तो होटल र लँज अनि हिमालको प्यानोरामिक दृश्य देखिने नगरकोट काठमाडौं नजिकको उत्कृष्ट गन्तव्य हो । अझ बिहान सबेरैको घाम उदाएको दृश्यले मनै प्रफुल्लित हुन्छ । अझ एड्भेन्चर मन पराउने जोडीले त त्यहाँ हाइकिङपनि गर्ने गरेका छन् । 

गोदावरी
शनिवार र अन्य विदाको दिन लाम नै लाग्ने गर्छ गोदावरी पुग्नेहरूको । कलेजका लभ बर्डस्देखि विवाहित जोडीसम्मको ‘फेब्रेट’ गन्तव्यमा गोदावरीलाई पनि लिन सकिन्छ । रङ्गिचङ्गी फूल अनि हरियो घाँसे मैदान, शान्त अनि शीतल वातावरण, आदी घण्टामै फुत्त पुग्न सकिने गोदावरीमा यसपाली भ्यालेन्टाइन्स डे मनाउने सोचमा हुनुहुन्छ भने अलि बेलैमा पुग्नुहोला । भ्यालेन्टाइन्स् डेमा निकै व्यस्त हुने गन्तव्य हो यो । 

सिकाली चौर 
हुन त गन्तव्य होइन सिकाली, यो अलि ठूलो चौरमात्र हो । तर पनि सिकालीको आफ्नै मजा छ । त्यहाँ पुगेपछि देखिने फाँट, काठमाडौं छोडेर निस्किनै लागेकी बागमती नदी, सिकालीको मन्दिर अनि बस्नलाई सफा हरियो चौर । यो गन्तव्य धेरैलाई थाहापनि छैन, थाहा हुनेहरू पनि प्राइभेट स्पेसको खोजीमा अन्तै लाग्छन् । यदी तपाईँलाई खुला स्थानमा प्रेमीप्रमिकासँग बसेर घण्टौं बात मार्न मन छ भने यसपाली सिकाली नै जानुस् । अँ साँच्चै– छेउछाउमै चटपटे र पानीपुरी बेच्नेहरू पनि हुन्छन्, गर्लफ्रेण्ड लिएर जाँदै हुनुहुन्छ भने, खुवाउन नबिर्सिनुस् । 

ककनी
नुवाकोट जिल्लामा पर्ने ककनी एकदिन फुर्सद मिलाएर जान मिल्ने राम्रो गन्तव्य हो । बाटो चाहीँ ‘झुर’ छ । पुगिसकेपछि भने तपाईँलाई ककनी आफ्नो जोडी जस्तै राम्रो लाग्न सक्छ । आजभोली त सस्तोमा राम्रो खाना खुवाउने होटलपनि भेटिन्छन् त्यहाँ । सुन्दर हिमालको दृश्य, मनोरम जङगल, चिसो अनि सफा वातावरण अनि ‘लेट नाइट स्टे’का लागि सुरक्षित स्थान हो ककनी । जानु भएको छैन भने यो पटक गइहेर्नुस् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्