बाराः निजगढ नगरपालिका वडा नम्बर ९ स्थित बुद्धचाेकमा एक युवककाे हत्या भएकाे छ। मङ्गलबार बिहान १९ वर्षीय युवक राेहित शर्माकाे घाँटी रेटेर हत्या भएकाे हाे।
स्थायी घर राैतहट चन्द्रनिगाहपुर भएका मृतककाे परिवारले निजगढमासमेत घर बनाएका थिए।
निजगढकाे घरकाे माथिल्लाे तल्लामा घाँटी रेटेकाे अवस्थामा उनकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ।
शव फेला परेकाे माथिल्लाे तल्लामा उनी एक्लै बस्ने गरेकाे स्थानीयले बताएका छन्। मङ्गलबार बिहान घरकाे तल्लाे तल्लामा हाेटल सञ्चालन गरेर बसेका व्यक्तिले हल्लाखल्ला सुनेकाे र त्यसपछि केही युवा आत्तिदैँ बाहिर निस्केकाले घटना मङ्गलबार बिहानै भएकाे स्थानीय र प्रहरीकाे अनुमान छ।
हत्याकाे अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाइसकेकाे बारा प्रहरीले बताएकाे छ।
मृतक युवा पेशाले पेन्टर हुन्।
प्रतिक्रिया