काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्। सरकार र विप्लव समूहबीच बिहीबार ३ बुँदे सहमति भएसँगै साझँ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गरेको थियो।
लगत्तै गृहमन्त्रालयले विप्लवका नेता कार्यकर्ता रिहा गर्न सर्कुलर जारी गरेको थियो। त्यसको भोलीपल्ट आज सो समूहका पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख बाँस्तोलालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले सार्वजनिक गरेको हो ।
करिब दुई सातादेखि धुलिखेलस्थित प्रहरी हिरासतमा रहेका बाँस्तोलालाई जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्थानीय सञ्चारकर्मीसामु बिहान १०ः०० बजे सार्वजनिक गरिएको हो। पार्टीका सचिवालय सदस्यसमेत रहनुभएका बाँस्तोला गत पुस अन्तिम साता ललितपुर र मकवानपुरको सीमावर्ती क्षेत्रबाट पक्राउ परेका थिए।
रिहाइ गरेपछि बाँस्तोलाका शुभेच्छुकले ‘वैज्ञानिक समाजवाद जिन्दावाद, वीर शहीद लालसलाम’ जस्ता विभिन्न नाराबाजी गरेका थिए। बाँस्तोलालाई सार्वजनिक गरिएलगत्तै प्रहरीकै सुरक्षामा काठमाडौँ ल्याइएको छ।
प्रतिक्रिया