काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मोदीले सोमबार बिहान नयाँ दिल्लीस्थित के एम्स अस्पतामा कोरोनाविरुद्धको खोप लगाएका हुन्।
मोदीले भारतमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो।
भ्याक्सिन लगाए लगत्तै प्रधानमन्त्री मोदीले ट्वीटरमा खोप लगाएको भिभियो अपलोड गरेका छन। साथै उनले, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड–१९ बाट मुक्त बनाऔं ।’ भनेका छन्।
प्रतिक्रिया