काठमाडौं: कोरोना भाइरस संक्रमणबाट हालसम्म कूल संक्रमितमध्ये ३१ लाख ३३ हजार दुई सय १२ जनाको मृत्यु भएको छ । यस्तै १२ करोड ६१ लाखभन्दा बढी कोरोना कोरोना संक्रमणमुक्त भएका छन् ।
भने कूल १४ करोड ८४ लाख ६६ हजार एक सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड २८ लाख ७२ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ५४ लाख ७९ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ८६ हजार पाँच सय ९० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म एक करोड ७६ लाख २५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड ४५ लाख ४५ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ९७ हजार आठ सय ८० जना पुगेको छ।
नेपालमा हालसम्म तीन लाख तीन हजार पाँच सय ६१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७७ हजार नौ सय ५१ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार एक सय ७६ जनाले ज्यान गुमाइसकेका छन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया