लेटेस्ट न्युज
advertisement1

दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर लगाइने कोरोना खोप

Maryada News 2021-03-01 10:58:43
दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर लगाइने कोरोना खोप

काठमाडौं : सरकारले कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ। 

यही फागुन २३ गतेदेखि ५५ वर्षभन्दा माथिका अनुमानित सङ्ख्या ५१ लाख ६४ हजार २६९ का लागि दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप अभियान शुरु गर्न लागिएको हो। 

यो कूल जनसङ्ख्याको १७ प्रतिशत हो। यस समूहलाई दोस्रो चरणमा आगामी जेठ १७ गतेदेखि ५ गतेसम्म खोप लगाइने छ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घ सरकारका तर्फबाट व्यवस्थापन र समन्वय गर्नेछ भने स्थानीय तहले आफ्ना स्वास्थ्य कार्यालय र जनशक्तिलाई परिचालन गर्नेछन्। 

त्यसैगरी दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि पनि खोप लगाइदै छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्