काठमाडौं : बारामा १३ औँ शताब्दीको प्राचीन मूर्ति फेला परेको छ।
सिम्रौनगढ नगरपालिका ४ हरिहरपुरमा खेत खन्ने क्रममा हिन्दुहरुले मान्दै आएका विष्णु भगवानको मूर्ति फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुुरेन्द्र यादवले स्थानीय किशुन्दर महतोको खेत माछापालनको लागि जेसिबि मेसिनले खन्ने क्रममा मूर्ति फेला परेको जानकारी दिए।
कालो रंगको ढुंगाको उक्त मूर्तिलाई अहिले सोही ठाउँमा रहेको महादेव मन्दिरमा लगेर राखिएको प्रहरी निरीक्षक यादवले बताए ।
यसअघि पनि सिम्रौनगढमा प्राचीन मूर्ति फेला पर्दै आएका छन्।
प्रतिक्रिया