लेटेस्ट न्युज
advertisement1

नेपाली जनता र राजनीतिक दललाई कमजोर ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न माओवादी अध्यक्षको पूर्वराजालाई आग्रह

Maryada News 2025-03-28 15:45:48
नेपाली जनता र राजनीतिक दललाई कमजोर ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न माओवादी अध्यक्षको पूर्वराजालाई आग्रह

काठमाण्डू, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिंदै नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न आग्रह गरेका हुन् ।

विगतमा उनले धेरै गल्ती गरे,’ अध्यक्ष दाहालले भने, ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार ।’

समाजवादी मोर्चाले आज भृकुटीमण्डपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले काठमाडौँको तिनकुनेमा आज राजावादीहरुले घरहरु जलाएर आतंक सिर्जना गर्ने प्रयास गरेको आरोप लगाए।

राजावादी मण्डलेहरुको असली रुप नेपाली जनताले आज काठमाडौँको तिनकुनेमा देखेको बताएका छन्।

उनले ज्ञानेन्द्रले आफूले गरेको गल्तीको परिणाम अहिले भोगिरहेका भन्दै उनलाई अर्को गल्ती गनर्न चेताबनीसमेत दिए। ‘ज्ञानेन्द्रले प्रतिगमनतिर जाने अर्को गल्ती गरे झन् ठूलो मूल्य चुकाउने छन्,’ अध्यक्ष दाहालले भने।

दाहालले राजावादीहरु कुकुरको पुच्छरजस्तो भएका भन्दै व्यंग्य गरे। ‘राजावादीको आजको तीनकुनेको सभा मण्डले अराजकताको पराकाष्ठका रुपमा परिणत भएको छ,’ दाहालले भने, ‘त्यहाँ प्रहरीमाथि आक्रमण गरिएको छ।

घरहरुमा आगो लगाइएको छ। उनीहरु दुईचार जना मान्छे मारेर आतंक सिर्जना गर्ने प्रयास गर्दैछन्। तर, सफल हुँदैनन्।’

उनले राजावादी मण्डलेहरुलाई जनताले राम्ररी देखि भोगिसकेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्