लेटेस्ट न्युज
advertisement1

सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘बिगुल’को निर्माण घोषणा

Maryada News 2025-03-28 09:38:45
सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘बिगुल’को निर्माण घोषणा

काठमाण्डू, सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘बिगुल’को निर्माण घोषणा गरिएको छ ।

यस चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् । निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गराएको हो ।

बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले चलचित्रको कथावस्तु झल्काउने संकेत गर्छ ।

अहिलेसम्म एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका खड्का पछिल्लो ुबाह्र गाउँुमा देखिएका थिए ।

चलचित्र ‘हमेशा’ बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेनले ‘बुलाकी’बाट सर्वाधिक चर्चामा आएका हुन् ।

‘बुलाकी’बाट उनले विभिन्न फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड समेत जितिसकेका छन् ।

अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको ‘बिगुल’ मा नरेनबाहेक अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी छ ।

निर्माण टिमले उनको अपोजिटमा अभिनेत्रीको खोजी गरिरहेको छ । यो चलचित्रलाई निर्देशन रमेश कोइरालाले गर्नेछन् ।

उनले यसअघि ‘लीला’ र ‘नीरमाया’ निर्देशन गरिसकेका छन् । मौनता श्रेष्ठको लेखन रहेको सिनेमामा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा छिन् ।

एमजीपी ब्यानरमा निर्माण हुने चलचित्रको छायांकनको जिम्मेवारी शिव ढकालले लिएका छन् ।

चलचित्रको छायांकन नयाँ वर्ष २०८२ को बैशाख १ गते विशेष मुहूर्त गरी सुरु गरिने निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्