काठमाण्डू, साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा उछाल आएको छ ।
आज नेप्से परिसूचक ४१ दशमलव ६७ अङ्कले बढेर २६६३ दशमलव ५४ को विन्दूमा पुगेको छ ।
बिहीबार ३०९ कम्पनीका ५५ हजार ४४२ पटकको कारोबारमा ९७ लाख ७२ हजार १९६ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३४० रुपैयाँ रहेको छ । २२७ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको घटेको छ ।
१३ उपसमूहमध्ये सबै हरियाली हुँदा आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।
प्रतिक्रिया