लेटेस्ट न्युज
advertisement1

आइपीएलमा राजस्थानको लगातार दोस्रो हार, कोलकाता विजयी

Maryada News 2025-03-27 06:58:46
आइपीएलमा राजस्थानको लगातार दोस्रो हार, कोलकाता विजयी

एजेन्सी, क्विन्टन डि कक को विष्फोटक ब्याटिङमा कोलकाता नाइट राइडर्स (केकेआर)ले इन्डियन प्रिमियर लिग (आएपीएल) मा पहिलो जीत दर्ता गरेको छ ।

कोलकाताले पहिलो जीत दर्ता गरेको दिन राजस्थान रोयल्सले भने लगातार दोस्रो हार व्यहोरेको हो ।

जितसँगै कोलकाता २ अंकमा छैटौँ स्थानमा छ । लगातार दोस्रो हार भोगेको राजस्थान अंक तालिकाको पुछारमा छ ।

राजस्थान रोयल्सले दिएको १ सय ५२ रनको लक्ष्य कोलकाताले १७.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

कोलकाताका लागि डि कक ६१ बलमा ८ चौका र ६ छक्का सहयोगमा ९७ रनमा अविजित रहे ।

एंक्रिस रघुवंशी २२ रनमा नट आउट रहे । अ‍ोपनर मोइन अली ५ रनमा रनआउट भए । कप्तान अजिंके रहाने १८ बलमा क्याच आउट हुन पुगे ।

त्यसअघि गुहावटीस्थित वर्षपारा क्रिकेट स्टेडियममा कोलकाताले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५१ रनको योगफल तयार पारेको थियो ।

राजस्थानका लागि ध्रुव जुरेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो । ओपनर यशस्वी जैसवालले २९ तथा सञ्जु सामसन १३ रन बनाउँदै पेभेलियन फर्के ।

कप्तान रियान परागले २५ रन थपे। जोफ्रा आर्चर १६ रन बनाउँदा बोल्ड आउट भए ।

कोलकाताका वैभव अरोरा, हर्षित राना, मोइन अली र वरुण चक्रवतीले समान २ विकेट झारे । स्पेन्सर जोनसनको नाममा एक विकेट रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्