लेटेस्ट न्युज
advertisement1

‘विप्लव’  समूहका जिल्ला इञ्चार्ज पक्राउ 

Maryada News 2021-02-26 08:50:19
‘विप्लव’  समूहका जिल्ला इञ्चार्ज पक्राउ 

म्याग्दी - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन्।

म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बेनी ल्याइएको छ। 

प्रहरी नायब उपरीक्षक राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताए। उनी विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा थिए।

पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ।

पछिल्लो समय ‘विप्लव’ समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘विप्लव’ समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमा पुन पक्राउ परेका हुन्। सरकारले चन्द समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्