बझाङ ः साइपाल गाँउपालिका- ४ मा पर्ने धुली माध्यमिक विद्यालय आगामी आइतबारसम्मका लागि बन्द भएको छ । विद्यार्थीमा रुघाखोकी लाग्ने र ज्वरो आउने लक्षण देखिएपछि विद्यालय बन्द भएको हाे । विद्यार्थीहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी सुख्खा हुने जस्ता लक्षण देखा पर्न थालेपछि विद्यालय आइतबारसम्मका लागि बन्द गरिएको साइपाल गाँउपालिका ४ की अम्रिता विकले बताइन्।
एकैदिन १५–२० जना विद्यार्थी बिरामी पर्न थालेको र त्यो लक्षण समुदायका अन्य व्यक्तिमा पनि देखिन थालेकाले विद्यालय व्यवस्थापन समितिको बैठकले गएको मङ्गलबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
विद्यार्थी र शिक्षक दुवैमा यस्तो लक्षण देखापरेको बताइएको छ । वडा नम्बर ४ को लाफडीका स्थानीयमा यो समस्या बढी देखा परेको र अहिले अन्य समुदायमा पनि देखिन थालेको बताईएको छ ।
प्रतिक्रिया